संघीय संसद्को दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको अधिवेशन अन्तर्गत पहिलो बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न गइरहेको छ ।
बिज्ञापन
अधिवेशनको पहिलो दिन विशेष हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि प्रारम्भिक सम्बोधनमार्फत अधिवेशनको सुरुवात गर्ने तयारी गरेका छन् ।
बिज्ञापन









