नेपालको अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘च्वाइस’ नामक नयाँ सेवा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
बिज्ञापन
यस सुविधामार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा उत्पादक स्रोतबाट सिधै छानिएका एक हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू खरिद गर्न सक्नेछन्।
बिज्ञापन

दराजका अनुसार ‘च्वाइस’ ले प्रयोगकर्तालाई एकै कार्ट तथा एकै वेयरहाउस प्रणालीमार्फत किनमेल गर्ने सुविधा प्रदान गर्नेछ, जसले गर्दा सामानहरू १ देखि ३ दिनभित्रमा द्रुत डेलिभरी हुनेछन्। तीन वा सोभन्दा बढी उत्पादन खरिद गर्दा फ्रि डेलिभरी तथा चार वा सोभन्दा बढी सामानमा स्टक उपलब्धताअनुसार फ्रि गिफ्टको पनि व्यवस्था गरिएको छ। साथै, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीतिको सुविधा पनि उपलब्ध हुने दराजले जनाएको छ।








