होमपेज > ६ महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले गरे आकस्मिक बाहेका सबै सेवा बहिष्कार

६ महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले गरे आकस्मिक बाहेका सबै सेवा बहिष्कार

बिज्ञापन
बिज्ञापन

जिल्ला अस्पताल रुकुम पश्चिमका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै आकस्मिक बाहेका सेवा बहिष्कार गरेका छन् ।

बिज्ञापन

छात्रवृत्तिका १३ जना स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै बिहीबारबाट आकस्मिक बाहेकमा सेवा बहिष्कार गरेका हुन् । मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १३ जनाले कात्तिकदेखि चैतसम्मको पारिश्रमिक नपाएको भन्दै वैशाख ३ गतेसम्मको अल्टिमेटमसहित स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम मार्फत सामाजिक विकास मन्त्रालय, अस्पताल व्यवस्थापन समिति, मुख्यमन्त्री परिषद्को कार्यालयलाई ध्यानाकर्षण गराएका थिए ।

बिज्ञापन

उक्त अल्टिमेटम समय पूरा भइसक्दा पनि सम्बन्धित निकायले कुनै पहल नगरेका कारण सेवा बहिष्कार गर्न बाध्य भएको मेडिकल अधिकृत डा. प्रदिप श्रेष्ठ बताए । ‘कार्तिक महिनाबाट तलब पाएका छैनौं । घर परिवार र साथीभाईबाट कतिजेञ्ल दिन सापटी मागेर चल्ने रु,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘पटक पटक लिखित मौखिक जानकारी दिँदा पनि कुनै सुनुवाइ नहुँदा आजबाट बाध्य भएर सेवा बष्हिकार गरेका हौं ।’

छात्रवृत्ति करारमा कार्यरतमध्येका तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत ७, डेन्टल सर्जन २ र जनस्वास्थ्य अधिकृत ३ जना रहेको छन् । यसअघि यही कार्यालयमा काम गरेर बिदाइ भएका ३ मेडिकल अधिकृत र १ डेन्टल सर्जन गरी ४ जनाले पनि अहिलेसम्म तलब–भत्ता नपाएको उनको भनाइ छ ।

बिज्ञापन

‘पाउनुपर्ने पारिश्रमिक नै नपाउँदा निकै कठिन भइरहेको छ । माग सम्बोधन नहुँदा सम्म हामी काममा नफर्कर्ने निर्णय गरेका छौं,’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अघिल्लो महिनामा नै छात्रवृत्तिका चिकित्सकको तलब भत्ता प्रदेशमा गइसकेको बताए ।

‘कणाली प्रदेशका छात्रवृत्तिका स्वास्थ्यकर्मीका लागि १२ करोड पठाएका छौं । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा नै सोध्नुपर्ला,’ डा. पौडेलले भने । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा रविन खड्काले दुइ दिन अघि सबै जिल्लामा रकम निकासा भइसकेको बताए । उनले भने, ‘सबै जिल्लामा पैसा गइसकेको छ । केही दिनमै उहाँहरूले भुक्तानी गर्नुहोला ।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते