होमपेज > वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म फेरिए

वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म फेरिए

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगार विभागमा सिनियर सहसचिवलाई महानिर्देशक र जुनियर सहसचिवलाई उपमहानिर्देशक बनाइएको छ।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव जीवलाल भुसाललाई महानिर्देशक बनाएर विभागको पठाएको थियो । तर, उनी हालसम्म विभागको जिम्मेवारी सम्हाल्न गएका छैनन् ।

बिज्ञापन

त्यस्तै हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका चन्द्रबहादुर शिवाकोटी उपमहानिर्देशक भएर गएका छन् । कार्यभारका आधारमा मन्त्रालयले विभागमा उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर शिवाकोटीलाई खटाएको हो ।

त्यस्तै विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीलाई बबरमहलस्थित वैदेशिक रोजगार बोर्डका सचिवालय पठाइएको छ भने उनको ठाउँमा बोर्डकै निर्देशक टिकाराम ढकाललाई पठाइएको छ । ढकाल बोर्डमा प्रवक्ताको जिम्मेवारीमा थिए ।

बिज्ञापन

विभागसँगै रहेको वैदेशिक रोजगार कार्यालयको दरबन्दी समेत कटौती गरिएको छ । तीन जना निर्देशक रहेको कार्यालयमा दुई जना निर्देशकको दरबन्दी कटौती गरिएको छ । हाल एक जनालाई मात्रै निर्देशकको खटाइएको श्रम मन्त्रालयले जनाएको छ ।

कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृति लगायतका सेवाहरू अनलाइनमार्फत हुँदै आएको छ । जसले गर्दा कार्यभार कम भएको भन्दै मन्त्रालयले निर्देशकको दरबन्दी कटौती गरेको हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते