होमपेज > प्रभु क्यापिटलद्धारा नयाँ वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक

प्रभु क्यापिटलद्धारा नयाँ वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।

बिज्ञापन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरुले मनाईने विविध चाँडपर्व तथा सांस्कृति झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेकोे छ ।

बिज्ञापन

क्यालेन्डरमा क्यापिटलले दिने सेवा बारे ग्राहक महानुभावहरूलाई सजिलै जानकारी दिनूका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश पनि दिएको छ । उक्त क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुबिधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइट मार्फत उपलब्ध गराएको छ ।

कुनै पनि कम्पनीका प्रथमत् कर्मचारी नै ब्रान्ड एम्बेस्डर हो भन्ने मान्यता लिई क्यापिटलले आफ्ना कर्मचारी मार्फत नै आफ्ना सेवा तथा वित्तीय लगानीका प्रडक्ट तथा योजनाहरु क्यालेन्डरमा प्रस्तुत गरेको छ । यसका साथै क्यापिटलले हाम्रो नेपाली सभ्यतामा चाँडपर्वहरुमा उपहार तथा कोसेली दिने परम्परालाई भावी सोचले नयाँपन दिदै, आफ्ना प्रियजन तथा मान्यजनलाई उपहार स्वरुप भविष्यमा लगानी वृद्धि हुदै जाने खालका वित्तीय साधनहरु दिएमा वित्तीय समृद्धि तथा भविष्यमा उनीहरुले वित्तीयसुरक्षा समेत पाउन सक्छन् भन्ने वित्तीय साक्षरताको सन्देश पनि दिएको छ ।

बिज्ञापन

मर्चेन्ट सम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा २ लाख ६० हजार बढी ग्राहक भएको प्रभु क्यापिटलले आफ्नो कमलादी स्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुबिधा दिएको छ भने ग्राहकले अनलाईन मार्फत समेत डिम्याट तथा पिएमएसको सेवा लिनसक्ने छन् ।

साथै क्यापिटलले हालमा लगानीका नयाँ  product हरु SIF/Corporate Advisory तथा  SIP थपेको छ भने सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसंग सम्बन्धित तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते