सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सबैले किन्न पाउने गरी ४० हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्रीमा राखेको छ।
बिज्ञापन
बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६५ रुपैयाँ निर्धारण गरेको छ। यसमा आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। इच्छुक लगानीकर्ताले आज चैत ३१ गतेदेखि आगामी वैशाख ८ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।
बिज्ञापन
आवेदन फाराम डिल्लीबजार बाटुलेघरस्थित सिटिजन्स क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा प्राप्त गर्न सकिनेछ।








