प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो। सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो।
बिज्ञापन
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन्।
बिज्ञापन
आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो।








