होमपेज > स्वर्गीय पत्रकार सुरेश रजकको हत्याविरुद्ध पत्रकार महासंघ धनुषाले निकाले विरोध र्‍याली

स्वर्गीय पत्रकार सुरेश रजकको हत्याविरुद्ध पत्रकार महासंघ धनुषाले निकाले विरोध र्‍याली

बिज्ञापन
बिज्ञापन

पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले विरोध र्‍याली निकालेको छ।

बिज्ञापन

बिज्ञापन

शनिबार बेलुका निकालीएको ¥यालीमा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रतामाथिको आक्रमणलाई निस्तेज पार्न दबाब दिएका छन्। विरोध र्‍यालीमा सहभागी धनुषाका पत्रकारहरुले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए।

बिज्ञापन

नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयबाट सुरु भएको र्‍याली भैरव चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानुचोकमा पुगेर पुनः जनक चोकमा आई कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताए। उनले सञ्चारगृहमा भएको तोडफोडको क्षतिपूर्ति माग गर्दै पत्रकार रजकलाई शहीद घोषणा गर्न सरकारसँग माग गरे।

‘हामी चैत १६ गते स्थापना दिवस मनाउने उत्साहमा हुनु पर्नेमा दुःखद रूपमा शोकमा डुबेका छौं,’ गुप्ताले भने । उनले अहिले आन्दोलनकारीहरु समेत पत्रकार र मिडिया हाउसलाई लक्षित गरेर हिंसा मचाउँदै गरेको भन्दै सम्पूर्ण पत्रकारहरुलाई गोलबद्ध हुन अपिल गरे।

र्‍यालीमा सहभागी दुई दर्जनभन्दा बढी पत्रकारहरुले महासंघको भवन अगाडि एक मिनेट मौनधारण गर्दै दिवंगत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरुले दीप प्रज्वलन गरेर रजकको सम्झनामा एकताबद्ध भएर आफूहरुको संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको आगजनीको घटनाले स्थानीय सञ्चार जगतमा ठूलो हलचल मच्चाएको छ। पत्रकार महासंघ धनुषाले यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर चुनौतीको रूपमा लिँदै दोषीमाथि कडा कारबाहीको माग गर्दै यसप्रति राष्ट्रिय ध्यानाकर्षण गराएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते