होमपेज > ग्लोबल मनी विकको तेह्रौँ संस्करण सुरु

ग्लोबल मनी विकको तेह्रौँ संस्करण सुरु

बिज्ञापन
बिज्ञापन

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करण सुरु भएको छ। नेपाल राष्ट्र बैङ्कले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभागलगायत संस्थाको सहकार्यमा कार्यक्रम सुरु भएको हो। कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवा छनोट गर्नुपर्ने धारणा राख्नुभयो।

बिज्ञापन

“बैङ्क तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन्। बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन्। आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ”, उहाँले भन्नुभयो। पछिल्लो समय डिजिटल वित्तीय कारोबार विस्तारसँगै चुनौतीसमेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गर्नुभयो। कार्यक्रममा डेपुटी गभर्नरद्वय डा नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैङ्कका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैङ्करको उपस्थिति रहेको थियो।

बिज्ञापन

यस्तै, कार्यक्रममा काठमाडौँस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत करिब छ सय विद्यार्थीको सहभागिता थियो। यही चैत १० गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत राष्ट्र बैङ्कको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुने जनाइएको छ। बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैङ्किङ इन्स्टिच्युट लिमिटेडबाट अलग–अलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन्। साथै, बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ‘ग्लोबल मनी विक’ लक्षित कार्यक्रम सञ्चालन गर्नेछन्।

यसैगरी, विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका क्रियाकलाप अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ। उक्त अभियानबाट विद्यार्थीमा वित्तीय साक्षरताको प्रवरद्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ। ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा यो अभियान थालिएको हो।

बिज्ञापन

अर्गनाइजेसन फर इकोनोमिक कोअप्रेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ। राष्ट्र बैङ्कको संयोजनमा सन् २०१३ देखि नेपालमा पनि यो अभियान सञ्चालन गरिँदै आइएको छ। यस अभियानबाट हालसम्म विश्वका एक सय ७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओइसिडीले जनाएको छ। अभियानको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते