आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलाइन्स घाटामा हुनुको कारण बारे सरकारसँग प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाइन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न गरेका हुन्।
बिज्ञापन
‘अरू एयरलाइन्सले नाफा गर्ने तर सरकारको नेपाल वायु सेवा निगम घाटामा जाने, नेपाल एयरलाइन्सले आफ्नो जहाज उडाउनै सकेको छैन। वर्षौँदेखि ती जहाजहरू थन्काइएको छ। आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याइएका पाँच वटा जहाज थन्काएर राखिएको छ। ती जहाजलाई कि उडाउनुपर्यो, कि व्यवस्थापन गर्नुपर्यो । यत्तिकै ती जहाज थन्काएर सरकारले के सन्देश दिन खोजेको हो?’, साहले प्रश्न गरे।
बिज्ञापन
अहिले नेपाल वायु सेवा निगमले कि त जहाज नै नउडाउने र उडाइएपनि फूल फेजमा नउडाएको साहको आरोप छ। उनले नेपाल एयरलाइन्सले जहाज उडाउनै पर्यो भनेपनि यात्रु नपाउने (चाप नभएको) ठाउँबाट उडाउने गरेको भन्दै आलोचना गरे।
उनले यसबारे सरकारको पोजिसन के हो भनेर प्रश्न सोधे। ‘यो सरकार कता हो रु एयरलाइन्स डुबाउन चाहेको हो कि बढाउन चाहेको रु नेपाल वायु सेवा निगमबाट फाइदा लिन चाहेको हो कि यसलाई बिक्री गरेर निजी वायुसेवा कम्पनीहरूबाट लाभ लिन चाहेको हो?’, आजपा अध्यक्ष साहले प्रश्न गरे। उनले नेपाल वायु सेवा निगमले अहिले अन्तर्राष्ट्रिय फ्लाइटमा जम्मा चार वटा जहाजमार्फत उडान भरेको सुनाए। तर, वायु सेवा निगमसँग १५ सय कर्मचारी रहेको तथ्याङ्क पेस गरे।
बिज्ञापन
साथै उनले नेपाल एयरलाइन्सलाई युरोपियन युनियनले कालोसूचीमा राखेकोमा त्यसबारेमा सरकारले के गरिरहेको छ भन्ने बारेमा जवाफ माग गरे।








