त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजकको राजीनामा माग गरेका छन्।
बिज्ञापन
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेका हुन्।
बिज्ञापन
निर्वाचन समिति पूर्वाग्रही देखिएको भन्दै उनीहरूले राजीनामा माग गरेका हुन्। समिति संयोजक न्यौपानेले उम्मेदवार मनोनयनमा अवरोध गरेको, प्रशासनिक चलखेल गरेको, अन्यायपूर्ण हस्तक्षेप गरेकोले राजीनामा मागिएको बताए।
नेविसंघ त्रिवि सभापति विष्णु बडैलासहितको समूहले तालाबन्दी गरेको छ। जसले गर्दा ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ।
बिज्ञापन








