अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो।
बिज्ञापन
यसअघि सामान्य कारबाही हुने गरेता पनि यति ठुलो जरिवानाको व्यवस्था भएको थिएन। काठमाडौँ उपत्यकामा सवारी साधनमा ढोका लगाउन नमिल्ने अवस्थासम्म यात्रु खचाखच पारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। यसरी ढोका खुला राखेर सवारी चलाउँदा यात्रु लडेर थुप्रै दुर्घटना भएको पाइन्छ।
बिज्ञापन
त्यस्तै अवस्था ठिक नभएको सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना हुने समेत उल्लेख छ। निषेधित क्षेत्र र समयमा सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था मस्यौदामा गरिएको छ।








