धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो।
बिज्ञापन
दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएको दुर्घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। ‘सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । ६ वटा एम्बुलेन्समा बिरामी उपचारका लागि अस्पतालहरुमा लगिएको छ’ उनले भने।
बिज्ञापन
बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए।








