टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी २०२५ चितवनमा लन्च गरेको छ।
बिज्ञापन
चितवनस्थित चितवन गार्डेन रिसोर्टमा बहुप्रतीक्षित गाडीहरू कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी २०२५ लन्च भएका छन्। सो कार्यक्रममा सिप्रदी ट्रेडिङ का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सुमन कुमार श्रेष्ठ, एफएनसीसीआई चितवनका अध्यक्ष सहभागी थिए।
बिज्ञापन
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘आज टाटा ईभीको नयाँ मोडलहरू चितवनमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। कर्भ।इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपाल बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरूको पहिलो रोजाइमा पर्नेमा हामी दुक्क छौ। नेक्सन के३ ईभी अझै ठुलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ। टियागो ईभी २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरूले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरू आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नेछन्।’
त्यस्तै सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्सित भएको बताए। टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि तत्पर लागिरहेको र ग्राहकहरूलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरू ढुक्क भएर लिन आग्रह गरे। आजबाट चितवनको ग्राहकहरूले सफल मोटर्सको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरू कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभीको टेस्ट ड्राइभ गर्न सक्नेछन्।








