होमपेज > निसानको नयाँ सीईओमा इभान एस्पिनोसा नियुक्त

निसानको नयाँ सीईओमा इभान एस्पिनोसा नियुक्त

बिज्ञापन
बिज्ञापन

निसानले इभान एस्पिनोसालाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

बिज्ञापन

दुई दशकदेखि कम्पनीसँग आबद्ध रहेका एस्पिनोसालाई विगतका वर्षहरूमा घोटाला, व्यवस्थापकीय अस्थिरता र बिक्रीमा गिरावटका कारण बदनाम भएको कम्पनीलाई पुनर्जीवित गर्ने जिम्मेवारी कम्पनीले दिएको छ। ४६ वर्षीय एस्पिनोसा मेक्सिकोका नागरिक हुन् र निसानका मुख्य योजना अधिकृत हुन्। अब उनले तेस्रो ठूलो जापानी कार निर्माता कम्पनीको नेतृत्व गर्नेछन्। यससँगै निसानले ६ वर्षमा चौथो पटक सीईओ नियुक्त गरेको छ।

बिज्ञापन

सन् २००३ मा पहिलो पटक निसानको मेक्सिको शाखामा प्रवेश गरेका एस्पिनोसा दक्षिणपूर्वी एसिया र युरोपमा पनि विभिन्न पदहरूमा काम गरिसकेका छन्। उनी अप्रिल १ देखि सीईओको रूपमा कार्यभार सम्हाल्नेछन्। सूत्रहरूका अनुसार निसानको बिग्रँदो आम्दानी र यो वर्ष होन्डासँगको मर्जर वार्ता असफल भएपछि माकोटो उचिडामाथि राजीनामाको दबाब बढ्दै गएको थियो। एस्पिनोसाको नियुक्तिले मर्जर वार्ता पुनः सुरु हुने वा कुनै नयाँ साझेदारबाट लगानीको सम्भावना खुल्ने वा नखुल्ने स्पष्ट छैन।

ब्रोकर फर्म सीएलएसएका जापानी अटोविश्लेषक क्रिस्टोफर रिच्टरले भने, ‘उनी एकदमै जोशिला उत्पादन विशेषज्ञ हुन्। निसानले उत्पादनलाई उच्च प्राथमिकता दिन चाहन्छ भन्ने यो राम्रो संकेत हो, किनकि निसान ब्रान्ड लामो समयदेखि दिशाहीन बन्दै गइरहेको छ।

बिज्ञापन

-अनुभवी कर्मचारी:

एस्पिनोसाले उत्पादन योजना तथा विकासमा अनुभव राखेका छन्। साथै उनले निसानको वैश्विक उत्पादन रणनीति र पोर्टफोलियोको व्यवस्थापन गरेका छन्। उनी अप्रिल २०२४ मा कम्पनीको मुख्य योजना अधिकारी (सीपीओ)मा नियुक्त भएका थिए।

कम्पनीको घोषणापछि आयोजित अनलाइन पत्रकार सम्मेलनमा एस्पिनोसाले भने, ‘मलाई यो निर्णयको बारेमा भर्खरै जानकारी दिइएको छ, म अझै यसलाई बुझ्ने प्रक्रियामा छु। हामीले धेरै सम्भावनाका ढोकाहरू खुला गर्न सक्छौं। होन्डासँग वार्ता पुनः सुरु हुने सम्भावनाबारे सोध्दा उनले प्रतिक्रिया दिन मानेनन्।

२०१८ मा पूर्व अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा टोकियोका अभियोजनकर्ताले हटाएपछि निसान कहिल्यै पूर्ण रूपमा उकासिन सकेको छैन। हालको वित्तीय वर्षमा (मार्च अन्त्यसम्म) निसानले तीन पटकसम्म नाफाको पूर्वानुमान घटाइसकेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते