मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन्।
बिज्ञापन
आफूले प्रहरीबाट न्याय नपाएको भन्दै पेसाले शिक्षक ती व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन्।
बिज्ञापन
प्रशासन कार्यालय अगाडि ती शिक्षकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले पुष्टि गरे। बाराको पचरौता नगरपलिका वडा नम्बर–४ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्दै आएका छन्।
अर्यालले पीडितले आफूले प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेको पाइएको छ। ‘आत्मदाह गर्न खोज्दै थिए, त्यहीबेला सुरक्षाकर्मीहरूको सहयोगमा उनलाई बचाउन सफल भयौँ। त्यसलगत्तै आफ्नै गाडीमा राखेर उनलाई अस्पताल पुर्याइएको छ,’ सिडिओ अर्यालले भने।
बिज्ञापन
उनका अनुसार ती शिक्षकलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।








