होमपेज > सिरियाली सेना र असद समर्थकहरूबीच भीषण झडप हुँदा दर्जनौँको मृत्यु

सिरियाली सेना र असद समर्थकहरूबीच भीषण झडप हुँदा दर्जनौँको मृत्यु

बिज्ञापन
बिज्ञापन

सिरियाली राजधानी दमस्कसमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र अपदस्थ असद शासनका समर्थकहरूबीच भीषण लडाइँ भएको खबर आएको छ।

बिज्ञापन

देशको उत्तरपश्चिमी तटीय क्षेत्रमा रहेको रुसी नियन्त्रित एयरबेस नजिकै रहेको लताकिया प्रान्तमा भएको झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको बताइएको छ। डिसेम्बरमा बसर अल–असदको पतन पछि सिरियाको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो।

बिज्ञापन

मारिएका मानिसहरूको संख्याको बारेमा फरक(फरक अनुमानहरू आइरहेका छन्। स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले एउटा समाचारमा भनेको छ। बिहीबार राति, सिरियास्थित स्टेप समाचार एजेन्सीले समाचार छापेअनुसार सरकार समर्थक सेनाको आक्रमणमा लगभग ७० पूर्व सरकारी लडाकुहरू मारिएका छन भने २५ भन्दा बढीलाई जाब्लेह र वरपरका क्षेत्रहरूमा पक्राउ गरिएको छ।

१६ सरकारी सुरक्षाकर्मी, २८ असद समर्थक लडाकु र चार नागरिक सहित जम्मा ४८ जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै भनेको छ। सिरियाली रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल हसन अब्दुल घानीले राज्य सञ्चार माध्यममार्फत लताकियामा लडिरहेका असद समर्थकहरूलाई चेतावनी दिएका छन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते