मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ।
बिज्ञापन
पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे-५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका-२ घर की २२ वर्षीया जुबामुनी हस्दा मृत फेला परेका थिए। एउटै डोरीले पासो लागेको अवस्थामा फेला परेका उनीहरुको शव सँगै थियो।
बिज्ञापन
प्रारम्भिक अनुसन्धानका क्रममा विवाहेत्तरको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको देखिएको प्रहरी बताउँछ। प्रहरीका अनुसार मृतक दुवै विवाहेत्तर हुन्। दुवैको बच्चा पनि छन्। महिला जुबामुनीका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। अजयको घरमा पत्नी र दुई जना छोरा छन्। जुबामुनीका डेढ वर्षका छोरा छन्।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार अजयले ती महिलालाई १८ फागुन राति घरमा लिएर आएका थिए। घरबाट हराएपछि परिवारले जुबामुनीको खोजी गरिरहेको थियो। प्रहरीले दुवैको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ। आज पोष्टमार्टम गरी उनीहरुको शव परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ।
बिज्ञापन
प्रहरीका अनुसार काखे छोरालाई घरमै छाडेर आएकी जुबामुनीलाई अजयले आइतबार राति आफ्नै घरमा लिएर गएका थिए। घरमा खाना खाएपछि उनीहरू बाहिरिएका थिए । सोमबार उनीहरु गाउँको बजारमा देखिएका थिए। मंगलबार बिहान उनीहरु घटनास्थल नजिकै गफ गरेर बसेको स्थानीयले देखेका थिए। दिउँसो भने भुण्डिएको अवस्थामा फेला परे।
प्रहरीका अनुसार परिवारले स्वीकार नगर्ने देखेपछि उनीहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ। घटना शंकास्पद नदेखिएको बताउँदै डिएसपी दाहालले सम्बन्धलाई परिवारले स्वीकार नगर्ने देखेपछि सल्लाहमै आत्महत्या गरेको जस्तो देखिने बताउँछन्। ‘प्रारम्भिक अनुसन्धानले विवाहेत्तर सम्बन्ध मुख्य देखियो, पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्छ,’ उनले भने।








