काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा रहेको होटल पहुना घरमा एक जना महिला मृत फेला परेकी छन् ।
बिज्ञापन
बिहीबार साँझ ५:३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला बनेपा(६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् ।
बिज्ञापन
घटनाको विषयमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।








