सुर्खेतमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिज्ञापन
कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले वीरेन्द्रनगर नगरपालिका-२ को बाङ्गेसीमबाट १ किलोमिटर उता पश्चिमतर्फ घोडालोटेमा दुर्घटनामा परेको बताए । गाडी अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको थियो ।
बिज्ञापन
घाइतेहरुको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ ।








