प्युठानको माण्डवी गाउँपालिका–२ स्थित रातापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। ६० वर्षका रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षकी हुकुमा शनिबार घरमै मृत फेला परेका हुन् ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपेश बस्यालले दुवै जनाको शव उनीहरूकै घरमै फेला परेको जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका उनीहरूको हत्या भएको जस्तो देखिएको छ। मृतकहरूको शरीर र टाउकोमा चोट देखिएकाले हत्या भएको प्रहरीले अनुमान छ।
बिज्ञापन
शुक्रबार साँझ खाना खाएर सुतेका परियार दम्पती शनिबार बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए। प्युठान प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशव केसीले डीएसपी बस्यालको नेतृत्वमा अपराध अनुसन्धान शाखाका सात जना प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ।








