होमपेज > इसराइलको दक्षिणी सहर बटयाममा तीन वटा बसमा विस्फोट

इसराइलको दक्षिणी सहर बटयाममा तीन वटा बसमा विस्फोट

बिज्ञापन
बिज्ञापन

इसराइलको राजधानीमा तीन वटा बसमा विस्फोट भएको छ।

बिज्ञापन

बिहीबार राति तेल अविभको दक्षिणी सहर बटयाममा सडकमा पार्क गरी राखिएका तीन वटा बसमा विस्फोट भएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। विस्फोट भएका तीन वटा बस छुट्टाछुट्टै ठाउँमा पार्क गरी राखिएको थियो।

बिज्ञापन

बटयामका मेयर त्ज्विका ब्रोटले विज्ञप्ति जारी गर्दै पार्क गरी राखिएको बसहरूमा विस्फोट भएकाले मानवीय क्षति नभएको बताएका छन्। उनले नजिकैको अर्को सहर होलोनमा पनि विस्फोट नभएका बमहरू भेटिएको बताएका छन्। विस्फोटको घटना र अन्यो ठाउँहरुमा पनि बम भेटिएपछि तेल अविभमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

विस्फोट नभएका बमहरू इसराइली सेनाले डिस्पोज गरिसकेको छ। डान बस कम्पनीका डाइरेक्टर ओफिर कर्नीले बिहीबार राति बसको अन्तिम सिटम बसेका व्यक्तिको गतिविधि शंकास्पद रहेको बताएका छन्। ती व्यक्तिले आफूले बोकेको झोला बसमै छाडेको र बसका चालकलाई पनि सतर्क गराएको भनेर इसराइली मिडियाहरूसँग बताएका छन्।

बिज्ञापन

ब्रोटले नगरभित्र सुरक्षा गस्ती बढाइएको बताए। इसराइली अधिकारीहरूले उक्त विस्फोटको घटनालाई आतंकवादी हमला हुनसक्ने भनेर अनुसन्धान गरिरहेको छ। विस्फोटको घटनापछि इजरायली अधिकारीहरूले देशभरका सबै बस र रेलहरू केही समय बन्द गरेको न्युयोर्क टाइम्सले लेखेको छ।

इसराइलका रक्षामन्त्री इसराइल कात्जले वेस्ट ब्यांकका शरणार्थी शिविरहरूमा सक्रियता बढाउन आइडिएफलाई निर्देशन दिएका छन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते