क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन्।
बिज्ञापन
घााइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ। विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु बाहिर निस्किरहेको देखिएको थियो।
बिज्ञापन
क्यानेडियन यातायातमन्त्री अनीता आनन्दले यो गम्भीर घटनालाई आफुहरुले नजिकबाट निकायालिरहेको बताएकी छन्। दुर्घटनास्थलबारे थप विवरण आउन बाँकी भए पनि अधिकांश यात्रु सुरक्षित रहेको उनले जानकारी दिएकी छन्।








