होमपेज > कस्तो रहला शनिबारको दिन? पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् राशिफल!

कस्तो रहला शनिबारको दिन? पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् राशिफल!

बिज्ञापन
बिज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बिज्ञापन

साताको प्रारम्भमा साथीभाइहरूको साथ र सहयोग पूर्ण रूपमा पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । सेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन् । आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनुपर्नेछ ।

बिज्ञापन

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिहिनेतीहरूका लागि साता फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । सप्ताहान्तमा सहयोगी जुट्नेछन् र काम सफल हुनेछ । अर्थलाभ हुनाले दैनिकीमा परिवर्तन आउनेछ ।

बिज्ञापन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साताको प्रारम्भमा भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ, आफन्तको गतिलो समर्थन मिल्नेछ । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । सप्ताहान्तमा भाग्यले साथ दिनेछ । सहयोगी जुट्नाले नाम, दाम र इनाम हात पार्न सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको प्रारम्भमा शत्रु किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । सोचेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सप्ताहान्तमा कामको सन्दर्भमा रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर साताको उत्तराद्र्धमा धन खर्च हुनेछ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । लगनशीलतले नाम, दाम र इनाम दिलाउन सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

साताको प्रारम्भमा चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान प्राप्तिको योग रहेको छ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । पारिवारिक भेटघाटको समय छ । प्रतिस्पर्धीसमेत सहयोगीका रूपमा देखापर्नेछन् । साताको अन्त्यमा विभिन्न भौतिक साधन जुट्नेछन् । वैदेशिक यात्रामा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साताको प्रारम्भमा अनावश्यक झमेलामा फस्न सकिने समय रहेको छ । चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने ग्रहयोगले संकेत गरेको छ । बुधबारदेखि प्रयत्न गरे फाइदा पनि लिन सकिनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । भाग्यको साथ पूर्ण रूपमा मिल्नेछ । सप्ताहान्तमा विद्यार्थीका लागि सुखद समाचार आउनेछ । विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ । प्रशंसकले साथ दिनेछन् । बिहीबारदेखि अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साताको प्रारम्भमा मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । बिहीबार लेनदेन र हिसाब–किताबमा सावधान नहुँदा बिचमा केही विवाद हुन सक्छ । स्थान परिवर्तन हुने सम्भावना रहिरहनेछ । सप्ताहान्तमा स्थिति अनुकूल हुनाले लक्ष्यमा पुगिनेछ । नयाँ कार्यको थालनी हुने योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

साताको प्रारम्भबाटै शुभ समाचार सुन्न पाइनेछ । नयाँ कार्यको थालनी हुन सक्ने ग्रहयोगले संकेत गरेको छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । सप्ताहान्तमा स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ । सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ । झैझगडाबाट टाढै बस्दा उत्तम हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साताको प्रारम्भमा योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र खर्च बढ्न सक्छ । बुधबारदेखि नयाँ ज्ञान प्राप्त हुने योग छ । सप्ताहान्तमा आगन्तुकले अलमल्याउने हुँदा चिताएको काममा पनि बाधा पुग्न सक्छ । धन खर्च हुने योग देखिएको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धनआर्जन गर्ने अवसर पाउनुहुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ । बिहीबारदेखि श्रम र व्यवसायबाट मनग्ये आम्दानी हुनेछ । तर, सप्ताहान्तमा व्यावसायिक यात्राको योग रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते