मुग्लिङ–नारायणगढ सडक खण्डको दुई किलोमा सडकको वालमा ठोक्किएर मोटरसाइकल त्रिशुली नदीमा खसेको छ।
बिज्ञापन
शुक्रबार उक्त सडक खण्डको दुई किलोमा सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो।
बिज्ञापन
मोटसाइकलसहित त्रिशुलीमा खसेका चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। घटनाबारे थप विवरण आइसकेको छैन।








