सामूदायिक वनमा डडेलो लगाउँदै हिँड्ने दुई जना पक्राउ परेका छन्।
बिज्ञापन
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी गरेको आरोपमा २६ वर्षका सुवास पौडेल र ३१ वर्षका रमेश पौडेल पक्राउ परेका हुन्।
बिज्ञापन
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ। कसैले वन जंगलमा आगोलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।








