होमपेज > २१ वर्ष पहिले भएको हत्या घटनामा दुई आरोपित पक्राउ

२१ वर्ष पहिले भएको हत्या घटनामा दुई आरोपित पक्राउ

बिज्ञापन
बिज्ञापन

२१ वर्ष पहिले एक व्यक्तिको हत्या भएको घटनामा आरोपितमध्य दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

बिज्ञापन

बर्दियाको साविक मानपुर टपरा गाविस वडा नं. ७ र हालको राजपुर नगरपालिका – ८ सडवा गाउँका २८ वर्षीय बाधुराम भनिने बन्धु थारुको २१ वर्ष पहिला हत्या भएको थियो। हत्या गरिएका थारुको आफ्नै औषधि पसल थियो। औषधि पसलदेखि झन्डै ६०० मिटर टाढा लगेर घाँटी रटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो।

बिज्ञापन

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार २०६० साल जेठ १५ गते राति १० बजे बन्धुको हत्या भएको थियो। बन्धुको हत्याको घटनापछि जेठ १८ गते छिमानन्द थारुले औषधि पसलमै काम गर्ने दुई जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। छिमानन्दको जाहेरीका आधारमा २१ वर्षपछि नवलपरासी जिल्लाको कावासोती नगरपालिका – १५ का ७८ वर्षीय कंभुनारायण महतो र ४५ वर्षीय राजु थारु भनिने रामनारायण महतो पक्राउ परेका हुन्।

माघ २६ गते बर्दिया जिल्ला अदालतबाट महतोद्वयलाई पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि नवलपरासी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी बर्दिया ल्याइएको हो । उनीहरुमाथि अनुसन्धान जारी रहेको डिएसपी घर्तीले बताए। डिएसपी घर्तीका अनुसार बन्धु थारुको हत्या हुनुको पछाडि श्रीमतीसंगको अबैध प्रेम सम्बन्ध कारक मानिएको देखिन्छ ।

बिज्ञापन

‘अवैध प्रेम सम्बन्धका कारण पसलमै काम गर्ने दुई जना मिलेर साहुलाई एकान्तस्थलमा पुर्‍याएर रातिमा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुल्छ,’ डिएसपी घर्तीले भने ‘ धेरै पुरानो घटना भएका कारण हामी पुरानो फाइलहरु खोल्ने र घटना बुझ्ने क्रममै छौं।’

हत्यापछि उनीहरु बर्दिया छोडेर नवलपरासीमा गई उतै बस्न थालेका थिए । विगतको सम्बन्धकै कारण महिलाको सहयोगमा उनीहरुको स्थान पत्ता लगाउन र पक्राउ गर्न सजिलो भएको प्रहरीले बताएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते