चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटार नजिकै एक मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरेका छन्।
बिज्ञापन
उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। १४३ वटा खसी बोका लोड गरेर बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिएको हो।
बिज्ञापन
उक्त मिनी ट्रक बर्दिया राजापुर नगरपालिका ३ बस्ने वर्ष २५ का बुद्धिराम थारुको रहेको प्रहरीको भनाइ छ। चालक पनि उनी आफै रहेका थिए।








