होमपेज > क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबलाई

क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबलाई

बिज्ञापन
बिज्ञापन

पाल्पाको रामपुरमा आयोजना भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ। उपाधिसँगै पुलिसले रु दुई लाख २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

बिज्ञापन

आज भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो। पुलिस क्लबले २५–२१, २५–१२ र २५–२२ अङ्कले खेल जितेको हो। त्रिभुवन आर्मी क्लब तेस्रो भयो। निस्दी भलिबल क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको खेल संयोजक कमल रानाले बताए। आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित गर्‍यो। आर्मीले पहिलो सेट २५–२१ अङ्कले, तेस्रो सेट २५–१९ तथा चौथो सेट २५–१९ अङ्कले जितेको हो। निस्दीले दोस्रो सेट २५–१९ अङ्कले जितेको थियो।

बिज्ञापन

प्रतियोगितामा उपविजेता भएको एपिएफ क्लबले रु एक लाख ५५ हजार पाँच सय ५५, तृतीय भएको आर्मीले रु एक लाख एक हजार एक सय ११ तथा सान्त्वना हुने निस्दीले रु ५५ हजार पाँच सय ५५ पत्र प्राप्त गरेको छ। चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा विभागीय टोली आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लबका साथै मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लब सहभागी भएका थिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिस क्लबका रेशम छन्त्याल, उत्कृष्ट डिफेन्डर एपिएफ क्लबका विनोद चन्द, उत्कृष्ट सर्भर पुलिस क्लबका पहल गहतराज, उत्कृष्ट ब्लकर पुलिस क्लबका सफल विक, उत्कृष्ट सेटर एपिएफ क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाइकर आर्मी क्लबका धनबहादुुर भट्ट र उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका चन्द्र कुँवर घोषित भए।

बिज्ञापन

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल सङ्घको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल सङ्घको समन्वयमा यही माघ २१ गतेदेखि भलिबल कप सुरु भएको हो। विजयी टोली तथा खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, रामपुरका नगर प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना र रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते