होमपेज > आहा! रारा गोल्डकपमा एपीएफ र मच्छिन्द्र खेल्दै

आहा! रारा गोल्डकपमा एपीएफ र मच्छिन्द्र खेल्दै

बिज्ञापन
बिज्ञापन

आहा! रारा पोखरा गोल्डकपमा आज सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। बुधबार सुरु भएको २४ औं संस्करणको प्रतियोगिताको दोस्रो खेलमा एपीएफ र मच्छिन्द्र आमनेसामने हुन लागेका हुन्।

बिज्ञापन

आहा राराको इतिहासमा एपीएफ र मच्छिन्द्रको यो दोस्रो भेट हो। २१ औं संस्करणको सेमिफाइनलमा यी दुई टोलीले मैदान साटेका थिए। एपीएफले मच्छिन्द्रलाई निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइबेरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो। एपीएफले आहा रारा गोल्डकपको चौंथो संस्करणमा पहिलो पटक सहभागीता जनाएको थियो। त्यतिबेला धरान फुटबल क्बलसँग ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै पहिलो चरणबाटै घर फर्किएको थियो।

बिज्ञापन

पाँचौँ संस्करणमा सेमिफाइनलमा मनाङ मस्र्याङदीसँग सेमिफाइनलमा ३–१ को हार व्यहोरेको थियो। छैठौं संस्करणमा तेस्रो पटक सहभागि भएको एपीएफ फाइनल पुगेर अर्को विभागीय डर्बी नेपाल पुलिस क्लबसँग ३–० गोल अन्तर हार व्यहोर्दै उपाधि चुम्नबाट वञ्चित भयो। अहिलेसमेत गरेर १८ पटक सहभागिता जनाएको एपीएफले २१ औं संस्करणको उपाधि जितेको छ। एपीएफले त्यतिबेला मनाङ मस्र्याङदीसँग २–२ को बराबरी खेलेपछि ट्राइबेकरमा ४–५ को गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको थियो। गत संस्करणमा नेपाल पुलिससँग २–० गोल अन्तरले पराजित भएर एपीएफ प्रिक्वार्टर फाइनलबाटै घर फर्किन बाध्य भएको थियो।

मच्छिन्द्रको यो आठौं सहभागिता हो। मच्छिन्द्र पहिलोपटक २०६६ मा क्वाटरफाइनलमा आर्मीसँग पराजित हुँदै बाहिरिएको थियो। २०६९ मा मच्छिन्द्र आयोजक सहारासँग स्तब्ध भयो। २०७० को संस्करणमा पनि मछिन्द्र सहारासँगै अभागी सावित भयो। टाइब्रेकरमा सहारासँग ५–३ ले पराजित हुँदै मछिन्द्रको यात्रा सेमिफाइनलसम्म सीमित भयो। २०७७ को संस्करणमा प्रि क्वाटरफाइनलमा अफ्रिकन रुट्ससँग पराजित भयो। २०७८ को प्रतियोगितामा एपीएफसँग सेमिफाइनलमा ३–१ ले पराजित हुँदै घर फर्केको थियो । २०७९ मा चर्च ब्वाइजसँग मच्छिन्द्रले चर्च ब्वाइजसँग हार व्यहोरेको थियो भने गत संस्करणमा जावलाखेल युथ क्बलसँग स्तब्ध हुँदै घर फर्किएको थियो।

बिज्ञापन

प्रतियोगितामा १२ टोली सहभागी छन्। आयोजक सहारा क्लबसँगै नेपाल पुलिब क्लब, बिर्गेड ब्वाइज क्लब युके, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्बल, थ्रिस्टार क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, भारतको थन्डेरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।

सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्दा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउनेछन्। फेयर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते