होमपेज > अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

बिज्ञापन
बिज्ञापन

अनलाइन सट्टेबाजीमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

काठमाडौंमा बसोबास गर्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–४ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ का २९ वर्षीय हरिशचन्द्र भुजेललाई प्रहरीले नगदसहित सोमबार पक्राउ गरेको हो।

बिज्ञापन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूको बैंक खाता तथा बाइनान्स आईडीमा २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँको कारोबार गरेको देखिएको हो।

उनीहरूबाट प्रहरीले चार थान मोबाइल, एक थान कम्प्युटर सीपीयू, विभिन्न व्यक्तिका नाममा रहेका बैंकका २७ थान एटीएम कार्ड, ७ वटा चेकबुक, ९० हजार रुपैयाँ नगद, डायरीसहित ५० थान एनसीएल र ७ थान नेपाल टेलिकमका सिमकार्ड बरामद गरेको छ।

बिज्ञापन

बेटिङ एप्लिकेसनमार्फत विश्वभर संचालन हुने विभिन्न अनलाइन खेलमार्फत सट्टेबाजी सञ्चालन गर्दै क्रिप्टो करेन्सी ट्रेडिङमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए।

उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते