होमपेज > ‘पूर्ण बहादुरको सारङ्गी-२’ को घोषणा: आगामी वर्ष प्रदर्शन हुने

‘पूर्ण बहादुरको सारङ्गी-२’ को घोषणा: आगामी वर्ष प्रदर्शन हुने

बिज्ञापन
बिज्ञापन

व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल भएको सर्वकालीन सफल नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट गरेको छ।

बिज्ञापन

उक्त अवसरमा निर्माता विनौद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरे। यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणासमेत गरिएको छ। त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि आफ्नो तेस्रो फिल्मको पनि आइतवार नै घोषणा गरेका छन्। सक्सेस पार्टीको क्रममा आयोजित औपचारिक समारोहमा उनले बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नम्बर १’ निर्माण गर्ने घोषणा गरेका हुन्, जुन फिल्म दुई वर्षपछि मात्रै प्रदर्शन हुनेछ।

बिज्ञापन

‘रोल नं १’ लाई जोन योञ्जनले निर्देशन गर्नेछन् भने ‘पूर्ण बहादुरको सारङ्गी–२’ निर्देशकको नाम घोषणा गरिएको छैन। एक करोड ३० लाख रुपैयाँ निर्माण भएको ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली बक्स अफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो भने विदेशबाट करिब ४० करोड रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षको भनाइ छ।

समारोहमा कार्यक्रममा सेभने सीज सिनेमाको नयाँ लोगो पनि अनावरण गरिएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते