ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। मंगलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
बिज्ञापन
नेपाली समयनुसार राति १:४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो।
बिज्ञापन
भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ तर कसैको मृत्युको खबर भने आएको छैन। मिन्ट रिपोर्टका अनुसार ताइवानमा सन् २०२३ को अप्रिलमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो।








