होमपेज > १४ वर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्रमा अध्यापन गराउँदै आएका ४८ वर्षीय शिक्षक पक्राउ(भिडियोसहित)

१४ वर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्रमा अध्यापन गराउँदै आएका ४८ वर्षीय शिक्षक पक्राउ(भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

नक्कली शैक्षिक प्रमाणपत्रमा १४ वर्षदेखि अध्यापन गराउँदै आएका एक शिक्षक पक्राउ परेका छन्।

बिज्ञापन

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–९ का ४८ वर्षीय विकास श्रेष्ठ छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले विगत १४ वर्षदेखि काभ्रेकै बनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे उच्च माविमा अध्यापन गराउँदै आएको खुलेको छ। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मीन भवन कमर्स क्याम्पसबाट स्नातकोत्तर उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र बनाएको आरोप छ।

बिज्ञापन

त्यसैगरी स्नातक तह र प्लस टुको पनि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उनले अध्यापन गराउँदै आएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए। ‘प्लस टुदेखि स्नातकोत्तरसम्मको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान अघि बढाएका छौं,’ जिसीले भने। श्रेष्ठ काभ्रे उच्च माविमा विगत २०६७ सालदेखि अध्यापन गराउँदै आएका थिए। निमाविबाट अस्थायी दरबन्दीमा अध्यापन गराउँदै आएका उनी पछिल्लो समय प्लस टुसम्म अध्यापन गराउने गरेको पाइएको छ।

उनले नक्कली शैक्षिक प्रमाणकै आधारमा लाइसेन्स परीक्षासमेत दिएर अध्यापन अनुमति पत्र लिएको समेत भेटिएको छ। श्रेष्ठका शैक्षिक प्रमाणपत्रहरू त्रिविमार्फत भेरिफाइ गर्दा रेकर्डमा नभेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठले करिब १० वर्षअघि ३० हजार रुपैयाँमा शैक्षिक प्रमाणपत्र बनाएको प्रहरी समक्ष बताएका छन्। उनीविरुद्ध सरकारी कागजात कीर्तेको कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ।

बिज्ञापन

-हेर्नुहोस् भिडियो:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते