प्रहरीले किशोरी बलात्कार आरोपमा झापाबाट एक जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–६, थुम्वेदिन घर भएका ५२ वर्षीय कुमार राई छन्। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बिज्ञापन
राईले हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फार्मको कोठाभित्र किशोरीको बलात्कार गरिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








