चीनलाई आतंकित बनाइरहेको एचएमपीभी भाइरस भारतमा पनि देखापरेको छ। भारतमा आठ महिनाको एक बच्चामा एचएमपीभीको संक्रमण देखिएको हो। भारतमा पहिलो पटक यो भाइरसको मामिला देखिएको हो।
बिज्ञापन
बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बच्चामा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी)को पुष्टि भएको छ। अचम्मको कुरा चाहि के छ भने ती बच्चा भारत बाहिर कतै गएका थिएनन्। अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको शरीरमा एचएमपीभी भाइरस भएको पुष्टि भएको हो। कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यो जानकारी दिएको हो।
बिज्ञापन
-अलर्ट मोडमा भारत:
चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ। महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ। केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ। रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ। सरसफाइको नियम पालना गर्न पनि निर्देशन दिइएको छ।
बिज्ञापन
-के हो एचएमपीभी भाइरस?
ह्युमन मेटाप्युमोभाइरस एउटा आरएनए भाइरस हो। एक तरिकाले यो कोरोना जस्तै भाइरस हो। यो पनि श्वास प्रश्वासमा संक्रमण गर्ने भाइरस हो। यो मौसमी भाइरस पनि हो। यसको प्रभाव सामान्यतयाः जाडो र वसन्तमा बढी देखिन्छ। यो फ्लू जस्तै छ। चीनमा यो भाइरसले अहिले खतरनाक रुप लिइरहेको भन्दै समाचारहरू आइरहेका छन्। तर चीन सरकारले यो खबरको खन्डन गरिरहेको छ।
यो नयाँ भाइरस भने होइन। सन् १९५८ देखि यो भाइरस पृथ्वीमा रहेको अनि वैज्ञानिकहरूले पहिलो पटक सन् २००१ मा यसलाई पत्ता लगाएका थिए। अहिलेसम्म यो भाइरस विरुद्धको खोप बनेको छैन। यो भाइरसले प्रायः बालबालिका र वृद्धवृद्धालाई आक्रमण गर्छ। यसले श्वासप्रश्वास र फोक्सोको नलीमा संक्रमण गर्छ।








