कैलालीको धनगढीमा १८ वर्षीया किशोरीले आफूमाथि पाँच महिनासम्म बलात्कार भएको भन्दै जाहेरी दिएकी छन्।
बिज्ञापन
धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले पटकपटक बलात्कारको सिकार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन्। कार्यालयका प्रहरी नाउब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका–६ का २७ वर्षीय युवकलाई पक्राउ गरिएको जानकारी दिए।
बिज्ञापन
‘आइतबार बेलुका कार्यालयमा आएर ती किशोरीले जाहेरी दिएकी हुन्,’ डीएसपी बोहराले भने, ‘जाहेरीपछि ती युवकलाई धनगढीकै अदालत रोडबाट पक्राउ गरिएको छ।’ डीएसपी बोहराका अनुसार ती किशोरीले वैशाख १५ गतेदेखि भदौ महिनासम्म पटकपटक बलात्कारमा परेको बताएकी छिन्। ‘युवकले आफूलाई जंगलमा लगेर वैशाख १५ गतेदेखि भदौसम्म पटकपटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्,’ उनले भने।








