होमपेज > पाथीभरामा केवलकारका नाममा सैन्य दमन गरिएको भन्दै आपत्ति

पाथीभरामा केवलकारका नाममा सैन्य दमन गरिएको भन्दै आपत्ति

बिज्ञापन
बिज्ञापन

ताप्लेजुङमा बनाउन लागिएको पाथीभरा केवलकारको विरोधमा स्थानीय उत्रिएपछि सैन्य दमन भएको भन्दै नागरिक समाजका अगुवाले आपत्ति जनाएका छन्। विभिन्न ७६ जनाले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्।

बिज्ञापन

‘आदिवासी र नागरिकहरूको अधिकार खोस्दै उनीहरूमाथि भइरहेको यसखालका अलोकतान्त्रिक, अमानवीय सैन्य शक्तिको दुरूपयोग र ज्यादतीको घोर भर्त्सना गर्दै जारी द्वन्द्वलाई गम्भीरतापूर्वक लिएर पाथीभरा दर्शन केवलकारको नाममा भइहेको सैन्य दमन तुरून्तै बन्द गर्न र केवलकार परियोजना तुरून्तै खारेज गर्न हामी आग्रह गर्दछौं।’

बिज्ञापन

ताप्लेजुङस्थित मुक्कुमलुङको वृहत्तर संरक्षणका लागि भन्दै आदिवासी लिम्बुलगायत स्थानीयवासीले विगत ७ वर्षदेखि निरन्तर संघर्षरत गरिरहेका छन्। तर संघ, प्रदेश र स्थानीय सरकारले विकासका नाममा दमन गरेको उनीहरूले दाबी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विकासको नाममा भ्रम छर्दै बहुप्रजातियुक्त जल, जंगल, जमिन, संस्कृति, सम्पदाहरू मासेर निश्चित लगानीकर्ता र कम्पनीले मात्रै नाफा कमाउने पाथीभरा दर्शन केवलकार बनाउने कार्यको विरोधमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र केवलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा आन्दोलनरत छन्।’

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते