होमपेज > रोल्पामा जिप दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

रोल्पामा जिप दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

बिज्ञापन
बिज्ञापन

रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बिज्ञापन

शक्रबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो। मृत्यु हुनेमा फगामकी ५७ की गौरा रोका मगर छिन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बिज्ञापन

जिपको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी ५० मिटर खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परी सहचालक रोल्पालको सुनछहरी गाउँपालिका-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ति गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।

धुम्सीकै २५ वर्षीय प्रेम रोका मगरको टाउकोमा चोट लागेको र अवस्था मध्यम छ। सुनछहरी-७ पोर्वाङका ४३ वर्षीय टेकबहादुर बुढा मगरको पनि टाउकोमा चोट छ। दुवैको स्वास्थ्य अवस्था मध्यम रहेको र प्राथमपिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

चालक धुम्सीकै २९ को धनिराम घर्ति मगरको अवस्था भने सामान्य छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते