प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न स्वचालित काउन्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ।
बिज्ञापन
उक्त काउन्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न कियोस्क मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न सकिने सेवाहरु ग्राहक आफैँले गर्न सक्नेछन्।
बिज्ञापन
सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागी बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ। हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिने बैंकको भनाइ छ।








