हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले हवाई इन्धनको मूल्य घटाएको हो।
बिज्ञापन
हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको नेपाल आयल निगमले जनाएको छ। पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ।
बिज्ञापन









