कवानपुरको हेटौँडामा चक्कु प्रहार गरी तीनजना घाइते बनाउने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिज्ञापन
हेटौँडा-११ शान्ति टोलमा भएको घटनामा संलग्न रहेको ३० वर्षका अमित कोइरालालाई प्रहरीले चक्कु सहित नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी उनले चक्कु प्रहार गर्दा आफ्नै आमा शान्ति कोइराला, छिमेकीहरू सविना पौडेल, कृष्ण पौडेल र हरि बिडारी घाइते भएको प्रहरीको भनाई छ ।
बिज्ञापन
घाइते तीन जनाको हेटौँडा अस्पताल उपचार भइरहेको र आमाको सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीको भनाई छ ।








