होमपेज > काठमाडौं लाजिम्पाटको अस्पतालको पार्किङमा कुटपिट: एक जना पक्राउ

काठमाडौं लाजिम्पाटको अस्पतालको पार्किङमा कुटपिट: एक जना पक्राउ

बिज्ञापन
बिज्ञापन

काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा कुटपिट गरेको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

बिज्ञापन

पक्राउ पर्नेमा सिन्धुलीका टिका भण्डारी छन्। उनीसहितको टोलीले कात्तिक ११ गते दिउँसो लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा बिक्रम लामामाथि कुटपिट गरेको आरोप छ। प्रहरीले यसअघि नै मार्शल भनिने शैलेन्द्र तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। आइतबार बिहान साढे ११ बजे नुवाकोट ककनी गाउँपालिका-६ घर भई टोखा नगरपालिका वडा नम्बर -३ बस्ने ३५ वर्षीय बिक्रम लामामाथि अस्पतालकै पार्किङमा अन्धाधुन्ध रड प्रहार भएको थियो।

बिज्ञापन

घाइते लामाको प्राथमिक उपचार त्यही अस्पतालमा गरेर थप उपचारका लागि परिवारले ग्रीन सिटी अस्पतालमा लगेको थियो। लामा जग्गाको व्यवसाय गर्छन्। लामा र कुटपिट गर्ने व्यक्तिहरूबीच पुरानो रिसइबी हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते