होमपेज > त्रिविको ५० औँ दीक्षान्त समारोहको तयारी पूरा

त्रिविको ५० औँ दीक्षान्त समारोहको तयारी पूरा

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ। शनिवार दशरथ रंगशालामा हुन लागेको दीक्षान्त समारोहमा १४ हजार ३०८ विद्यार्थी सहभागी हुँदैछन्। जसअनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिल तहका ६३ जना र पीएचडीका १२२ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी हुनेछन्।

बिज्ञापन

त्रिवि प्रवक्ता एमानसिंह बोहराका अनुसार ६२ औँ ग्रेस लिस्टमा समावेश ७४ हजार १४९ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए। दीक्षान्त समारोहमा सहभागी हुनेहरूका सवारी साधन पार्किङका लागि विभिन्न तीन ठाउँ तोकिएका छन्। जसमा विद्यार्थी र अभिभावकहरूका सवारी साधन सैनिक मञ्च टुँडिखेल, अतिथि, शिक्षक कर्मचारीहरूका सवारी साधन परराष्ट्र मन्त्रालय, कन्सुल शाखा कार्यालयको हाताभित्र र शिक्षक कर्मचारीका सवारी साधन वर्ल्ड ट्रेड सेन्टरको पार्किङ स्थलमा व्यवस्था गरिएको प्रवक्ता बोहराले बताए।

बिज्ञापन

दीक्षान्त समारोह पश्चात् मूल प्रमाणपत्र वितरण गरिनेछ। त्यसका लागि व्यवस्थापन संकायका सबै विषयको प्रमाणपत्र वितरणका लागि रंगशालाको अगाडिको राष्ट्रिय खेलकुद परिषद्को पार्किङ स्थलमा राखिएको काउन्टर नम्बर १ देखि २५ सम्मका काउन्टरबाट वितरण हुने प्रवक्ता बोहराले बताए।

त्यस्तै अन्य मानविकी, शिक्षा, कानून, विज्ञान, इन्जिनियरिङ, चिकित्सा, कृषि र वन विज्ञान अध्ययन संस्थान तथा संकायको सैनिक मुख्यालय अगाडि तथा रंगशालाको ब्ल्क ए को ८ देखि १० को गेट पछाडिमा रहेका काउन्टरबाट वितरण हुनेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते