नेपालमा दैनिक करिब एक हजार राँगा र भैँसी मासुका लागि खपत हुने गरेको पाइएको छ। पशु वधशाला व्यवसायी संघका अनुसार एकदिनमा देशभर एक हजार राँगा र भैँसी मासुका लागि खपत हुने गर्दछन्।
बिज्ञापन
नेपालमा दैनिक एक हजार राँगा भैँसी बध भइरहेको तथ्याङ्क रहेको संघका महासचिव कृष्णहरि भट्ट बताउँछन्। ‘दैनिक एक हजारका हाराहारीमा राँगा र भैँसी खपत भइरहेको छ,’ उनले भने, ‘जाडोयाममा यो संख्या बढेर १५ सय पुग्छ।’
बिज्ञापन
उनले देशभर खपत हुने राँगा र भैँसीमध्ये आधाबढी काठमाडौँ उपत्यकामा खपत हुने गरेको दाबी गरे। उनले उपत्यकामा दैनिक ६ देखि ७ वटा राँगा र भैँसी खपत हुने सुनाए। नेपालमा करिब ३० लाख पशुपालन भइरहेको भट्टको तर्क छ।








