होमपेज > प्रेमीले गर्‍यो प्रेमिकाको हत्या

प्रेमीले गर्‍यो प्रेमिकाको हत्या

बिज्ञापन
बिज्ञापन

महोत्तरीमा विवाहको विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेको खुलेको छ।

बिज्ञापन

जिल्लाको महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीया अनु रायको हत्या गरेको आरोपमा उनकै प्रेमी सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ खोरिया गाँउका मन्दिप कुमार यादवलाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो। महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार गत असोज २३ गते बर्दिवास नगरपालिका–५ टुटेश्वर जंगलमा नालीमा शव फेलापरेको घटनामा अनुसन्धान गर्दै जाँदा प्रेमीले नै विवाहको विषयमा विवाद हुँदा डोरीले घाँटी कसेर हत्या गरेको खुलेको हो।

बिज्ञापन

प्रवक्ता जैसवारले भने, ‘मृतकको मन्दिपसँग पुरानो चिनजान रही एकअर्कालाई प्रेम गर्ने गरेका थिए। दुवै जना विवाह गर्ने वाचासहित असोज २२ गते टुटेश्वर मन्दिर गएको खुलेपछि पक्राउ अनुमति लिई खोजतलाश गर्ने क्रममा सोमबार पर्साको वीरगञ्ज माहानगरपालिका–४ आदर्शनगरबाट पक्राउ गरेका छौँ।’ प्रवक्ता जैसवारका अनुसार मन्दिपले टुटेश्वर मन्दिरबाट फर्किने क्रममा विवाह गर्ने विषयमा विवाद हुँदा डोरीले घाँटी कसेर अनुको हत्या गरेको स्वीकार गरेका छन्। मंगलबार महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते