होमपेज > मदिरा सेवन गरेर ६ जनाको समूहले एक युवकलाई कुटपिट

मदिरा सेवन गरेर ६ जनाको समूहले एक युवकलाई कुटपिट

बिज्ञापन
बिज्ञापन

भक्तपुर नगरपालिका–१० स्थित कमलपोखरीमा अपरिचित युवकलाई एउटा समूहले कुटपिट गरेको छ ।

बिज्ञापन

कुटपिटका कारण आइतबार कमलपोखरीमा २७ वर्षीय रञ्जित कार्की अचेत अवस्थामा भेटिएका थिए । सूर्यबिनायक नगरपालिका–१० चित्तपोल बस्ने कार्कीलाई अपरिचित ६ जना मिलेर  कुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले  बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुवास बुढाथोकी नेतृत्वको टोलीले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका १८ वर्षीय आशिख सिजखो, समिर नेपाली, काभ्रे घर भएका १८ वर्षीय साजन तामाङ, सञ्जीव तामाङ, सिन्धुली घर भएका अशोक तामाङ र बारा घर भएका सुमन तामाङ छन् ।

बिज्ञापन

घाइते रञ्जित कार्कीलाई उपचारको लागी ट्रमा सेन्टर भर्ना गरिएकोमा त्यहाँबाट सिनामंगल स्थित केएमसी अस्पतालमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए । कमलपोखरीमा भेटेका आरोपीहरूले पूर्व चिनजान नभएका कार्कीलाई बिना कारण कुटपिट गरेका हुन् । उनीहरुले मदिरा सेवन गरेर पीडितलाई कुटपिट गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते