साताको कारोबारको चौथो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
बिज्ञापन
आज नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ को विन्दुमा पुगेको छ। बुधबार ३२० कम्पनीका ९६ हजार ६ सय ७७ पटकको कारोबारमा २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँ रहेको छ।
बिज्ञापन
१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये माइक्रोफाइनान्स, हाइड्रोपावर र निर्माण कम्पनीहरू बढेको छ भने बाँकी राताम्मे छन्। आज जोशी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन्।








