भुटनका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउनेभएका छन्।
बिज्ञापन
ट्रान्जिटले नेपाल-भुटान सम्बन्धमा कुनै खास प्रभाव नपारे पनि निकटता भने अवश्य ल्याउँछ। राजाको यो छोटो बसाइमा कुनै औपचारिक भेटघाट वा विशेष कार्यक्रम छैन। भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
बिज्ञापन
उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणमा जान लागेको बेला ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको छ। भुटानी राजा जिग्मेको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ।
चीन र भुटानबिच सीमा विवाद रहेको छ। सो विवादमा भारत पनि जोडिएको छ। सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा जान लागेको बताइएको छ।








