होमपेज > विश्वकप विजेता सोहेल तनभिरले चितवन राइनोजबाट खेल्दै

विश्वकप विजेता सोहेल तनभिरले चितवन राइनोजबाट खेल्दै

बिज्ञापन
बिज्ञापन

नेपाल प्रिमियर लिग (एनपीएल) मा सोहेल तनभिरले चितवन राइनोजबाट खेल्ने भएका छन्।

बिज्ञापन

चितवन राइनोजले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पाकिस्तानका अनुभवी बलिङ अलराउण्डर तनभिरलाई अनुबन्ध गरेको जनाएको हो। दक्षिण अफ्रिकी बलर मर्चेन्ट डे लाङ घाइते भएका कारण नआउने भएपछि तनभिरलाई उनको प्रतिस्थापनको रूपमा ल्याइएको हो।

बिज्ञापन

३९ वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन्। उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा रामरो अनुभव छ। फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन्। बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी-२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी-२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन्। त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन्।

उनले पाकिस्तानबाट सन् २००९ को टी-२० विश्वकप जितेका छन् भने राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल पनि जितेका छन्। त्यसैगरी पाकिस्तान सुपर लिग पनि जितेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते